सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित लेखक नवीन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त पुस्तक विमोचन कार्यक्रममा मन्त्री लिम्बूले निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेकोले सबै मिलेर खेल क्षेत्रको विकासमा जुट्न आह्वान गरे ।
खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १८:२८