News Griha :: न्यूजगृह
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
फाइल तस्बिर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । 

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

हेलिकोप्टर दुर्घटनामा परी चालक सहित छ जनाको मृत्यु भएका छन् । प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:०२
Weather Update