वडा नै नभएको ठाउँमा बजेट गयो : राष्ट्रिय सभा सदस्य रावल

काठमाडौं— राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले चितवनको माडीमा ९ वटा वडा रहेको तर, केन्द्र सरकारबाटै १० औँ वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाइन् ।
देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरू गइरहेकोप्रति उनको असन्तुष्टि थियो ।
उनले बिरामीहरूको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने बताइन् । निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताइन् ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० ११:५१