अमेरिकी सहायक विदेशमन्त्री शुक्रबार नेपाल आउँदै, एमसीसी कार्यान्वयन मुख्य एजेण्डा बिहीबार, असार २८, २०८०

गाँजाको व्यावसायिक उत्पादनबारे अध्ययन सम्पन्न : कानुनमन्त्री गुरुङ बिहीबार, असार २८, २०८० ‘गाँजाजन्य पदार्थको उत्पादन, बिक्रीवितरण, निकासी पैठारी, ओसारपसार, भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुन आयोगबाट अध्ययन प्रतिवेदन तयार भइ आवश्यक कारबाहीको लागि प्रतिवेदन गृहमन्त्रालयमा पठाइसकेको छ,’ उनले भने ।

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी बिहीबार, असार २८, २०८० कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् ।

वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी बिहीबार, असार २८, २०८० ‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भए पनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रूपमा विकासको आधार मान्नुपर्ने अवस्था छ...

चितवनका एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने बिहीबार, असार २८, २०८० चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसंख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित बिहीबार, असार २८, २०८० समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ ।

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छः मन्त्री बस्नेत बिहीबार, असार २८, २०८० बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले आगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन् । उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए। सोही अनुरूपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले...

नगर प्रहरी र व्यापारीबीच झडप बिहीबार, असार २८, २०८० दुवैपक्ष बीचको झडपमा यादव सहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी संघका अध्यक्ष दिपलाल साहले जानकारी दिए ।

सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिन्छ : मन्त्री शर्मा बिहीबार, असार २८, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताइन् ।

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौँ : मन्त्री मोदी बिहीबार, असार २८, २०८० उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।’ उनले उक्त ऐनमाथि धेरैपटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ बिहीबार, असार २८, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २७ गते काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको हो ।

सरकारले ठगी गर्ने सहकारीहरूलाई कारबाही गर्छ : मन्त्री श्रेष्ठ बिहीबार, असार २८, २०८० बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।’

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : मन्त्री किराती बिहीबार, असार २८, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए ।









