प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको संघर्षपूर्ण जित बिहीबार, असार २८, २०८०

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो बिहीबार, असार २८, २०८० त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो ।

महिलाले हानिन् सांसदलाई थप्पड ! बिहीबार, असार २८, २०८० हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छिन् ।

मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता बिहीबार, असार २८, २०८० गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् ।

नेपालीलाई म्यान्मार लगेर ‘अनलाइन स्क्यामिङ’मा लगाउने चिनियाँ नागरिक पक्राउ, अनुसन्धानमा म्यानमारको असहयोग बिहीबार, असार २८, २०८० प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले चिनियाँ नागरिक ४२ वर्षीय जोनसन नाम बताउने लिआङ जून छन् । चीनको गान्सु प्रान्तका उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो । यो घटनामा थप २ जना चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु बिहीबार, असार २८, २०८० पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन् ।

पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिता : अध्यक्ष लिङ्देन बिहीबार, असार २८, २०८० ‘पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने भएको छ । केन्द्रीय कार्य समितिमा ४० तथा कार्यसम्पादन समितिमा ७ जना युवाहरूलाई विभिन्न प्रवृत्तिबाट अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा : उपप्रधानमन्त्री खड्का बिहीबार, असार २८, २०८० उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या राष्ट्रिय आवश्यकताको आधारमा निर्धारण हुने बताएका छन् । हाल सेनामा ८१ हजार २७७ जना कार्यरत रहेको उनले जानकारी दिए ।

संघीय संसद्का दुवै सदनबाट बजेट पारित बिहीबार, असार २८, २०८० सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार, असार २८, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, असार २८, २०८० सरकारले काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडिओ बनाउन अनुमति दिएको छ । त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा नेपालको खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको सानो थिमीमा तोक्ने निर्णय गरेको छ ।

डोटीमा चट्याङ लागेर एकको मृत्यु बिहीबार, असार २८, २०८० डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए ।

लम्पी स्किन संक्रमणबारे कृषिमन्त्रीले संसद्लाई गराए जानकारी बिहीबार, असार २८, २०८० कृषि तथा पशुपन्छी विकासमन्त्री, वेदुराम भुसालले पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् ।









