जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन : मन्त्री रिजाल बिहीबार, असार २८, २०८०

तोसिमाको बचपना बिहीबार, असार २८, २०८० तोसिमाको यो पहिलो गल्ती होइन । उनले यसअघि पनि विवादित हर्कत गरेकी छन् । नयाँबानेश्वरथित संसद् भवन बाहिर आत्मदाहको प्रयासपछि जलेर छट्पटाइरहेका प्रेमप्रसाद आचार्यसँग अस्पतालमै सेल्फी खिचेको, सघन उपचार कक्षमा गएर भिडिओ बनाएको कुरामा उनी यसअघि पनि विवादमा परेकी थिइन् ।

१५ विद्यालयलाई कारबाही बिहीबार, असार २८, २०८० वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो ।

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प बिहीबार, असार २८, २०८० राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य बिहीबार, असार २८, २०८०

काजमा बस्ने डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत बिहीबार, असार २८, २०८० ‘मलाई चाहिँ धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन्,’ उनले भने, ‘यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा चिरफार गरेर नै छाड्छौँ । थिति बसाल्छौँ ।’

हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम बिहीबार, असार २८, २०८० बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेबल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ । तर, त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको...

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान बिहीबार, असार २८, २०८० कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदीले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि नदी कटान हुन थालेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको...

राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ : परराष्ट्रमन्त्री साउद बिहीबार, असार २८, २०८० उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको जानकारी दिए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने उनको भनाइ छ । ‘यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा अविचलित छ : परराष्ट्रमन्त्री साउद बिहीबार, असार २८, २०८० सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै साउदले नेपालको संविधानले तय गरेको परराष्ट्र नीति सञ्चालनका मूलभूत आधारमा नै असंलग्न परराष्ट्र नीति रहेको र सोही नीतिअनुसार नै विचलित नभइ चल्ने जानकारी गराए ।

काभ्रेपलाञ्चोकमा तीन हजार सात सय घर उच्च जोखिममा बिहीबार, असार २८, २०८० काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ ।

नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने, किसान पानी आउने दिन गन्दै बिहीबार, असार २८, २०८० लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन् । लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ ।

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु बिहीबार, असार २८, २०८० गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।









