जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन : मन्त्री रिजाल

काठमाडौं— उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको जानकारी दिएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमाथि उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री रिजालले आपूर्ति धान्ने गरी भण्डारण क्षमता विकासको काम भइरहेको बताए ।
उनले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नभएको पनि बताए ।
त्यस्तै जडिबुटी प्रशोधन तथा सीमान्तकृत समुदायको सीप विकासका लागि आवश्यक काम भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १३:३८