उपत्यकामा थुप्रिएको फोहोर उठ्न थाल्यो शनिबार, साउन ६, २०८०

इटहरीमा मोटरसाइकल र पिकअप भ्यान ठोक्किँदा तीनको मृत्यु, एक घाइते शनिबार, साउन ६, २०८० दुर्घटनामा इटहरी– १६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार राईले बताए ।

वामदेवको ठोकुवा— म गृहमन्त्री हुँदा सुन तस्करी भएन शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले भने, ‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरू उठाइए । र, अन्तिममा मलाई त्यही...

सुन तस्करी प्रकरणमा नेता होइन कर्मचारी नै मुख्य दोषी : वामदेव गौतम शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले सुन तस्करीमा नेताहरू संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दाबी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरूको नाम जोड्न गरिएको छ गुनासो पनि गरे ।

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । उनले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने जिकिर गरिन् ।

माधव नेपालको दाबी— सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ शनिबार, साउन ६, २०८० अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा...

आफ्नो हत्या गर्न आएका युवालाई बीपीले माफी दिए शनिबार, साउन ६, २०८० उहाँको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन...

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ शनिबार, साउन ६, २०८० कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ ।...

बाँकेमा एक सय ६० उद्योग बन्द शनिबार, साउन ६, २०८० कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए। उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी, व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका...

पाल्पामा माछा मार्ने क्रममा जालमा फसेर एक जनाको मृत्यु शनिबार, साउन ६, २०८० फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडे मगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

सुन तस्करी प्रकरण : भन्सारका एक्सरे अपरेटर निलम्बित शनिबार, साउन ६, २०८० भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

मैत्रीपूर्ण बक्सिङ : नेपालको ‘ए’ टिम र भारत पञ्जाबका खेलाडीबीच पोखरामा रोमाञ्चक भिडन्त शनिबार, साउन ६, २०८० १२ वटा तौल समूहमा सम्पन्न भएका खेलहरूमा पुरुष ५१ केजीे तौल समूहका नेपालका रविन थापाले पञ्जाबका सुभम पाण्डेलाई २–१ को आधारमा पराजित गरे । ५७ केजीे तौलमा नेपालका भुपेन्द्र थापामगरले पञ्जाबका विनय रौनियार ३–० को आधारमा पराजित गरे ७१ केजी तौल समूहमा पञ्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३–० को...

कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा नियोजित प्रचार भइरहेको छ, चुप लागेर बस्न हुँदैन : अर्थमन्त्री महत शनिबार, साउन ६, २०८० मन्त्री महतले सामाजिक सञ्जालमा अनेकौं झुटो प्रचार हुने गरेको भन्दै त्यसको प्रतिकार नगरेर चुप लागेर बस्ने भए सत्यको पराजय हुने भन्दै बीपीको भनाइबाट सिकेर सत्यको पक्षमा बोल्न छोड्न नहुने धारणा राखे । ‘बीपीको भनाइबाट अहिले हामीले सिक्ने के हो भने जसले जे सुकै भनेपनि हामी ठीक ठाउँमा छौं, सत्यको पक्षमा...









