पाल्पामा माछा मार्ने क्रममा जालमा फसेर एक जनाको मृत्यु

पाल्पा— पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ ।
रम्भा गाउँपालिका—२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडे मगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।
फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडे मगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १३:१४