
काठमाडौं— नेपालका ‘ए’ टिमका महिला तथा पुरुष बक्सिङ खेलाडीहरू र पञ्जाब, भारतका खेलाडीबीच एक दिवसीय मैत्रीपूर्ण प्रतिष्पर्धा पोखरा रङ्गशालामा सम्पन्न भएको छ ।
१२ वटा तौल समूहमा सम्पन्न भएका खेलहरूमा पुरुष ५१ केजीे तौल समूहका नेपालका रविन थापाले पञ्जाबका सुभम पाण्डेलाई २–१ को आधारमा पराजित गरे । ५७ केजीे तौलमा नेपालका भुपेन्द्र थापामगरले पञ्जाबका विनय रौनियार ३–० को आधारमा पराजित गरे ७१ केजी तौल समूहमा पञ्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३–० को युनानिमस डिसिजनमा पराजित गरे ।
त्यस्तै ८० केजी तौल समूहमा दीपक श्रेष्ठले ३–० को मुस्तफा हनितलाई ३–० को आधारमा पराजित गरे भने ९२ केजीमा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । यता ९२ प्लस केजीेमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३–० मा पराजित गरे ।
महिला ५० केजी तौल समूहमा शुस्मा तामाङले पञ्जाबकी कोमललाई ३–० को युनानिमसको आधारमा पराजित गरिन । ५४ केजीमा नेपालका मिनु गुरुङले पञ्जाबकी अरिवालाई २–१ को स्पिलट डिसिजनमा पराजित गरिन । महिला ५७ केजीमा नेपालका चन्द्रकला थापाले ३–० को फरकमा पञ्जाबका मनितलाई पराजित गरिन ।
६० केजी महिला तर्फ पञ्जाबकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई ३–० को अन्तरले पराजित गरिन । ६६ केजी तौलमा पञ्जाबका कोमल प्रीतले २–१ को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरिन् ।