News Griha :: न्यूजगृह
इटहरीमा मोटरसाइकल र पिकअप भ्यान ठोक्किँदा तीनको मृत्यु, एक घाइते

सुनसरी— पूर्वपश्चिम राजमार्ग अन्तर्रगत  इटहरी उपमहानगरपालिका– १७ कान्छी चोकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा इटहरी– १६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार राईले बताए ।

चारजना चढेको मोटरसाइकल पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो । एसपी राईका अनुसार भारतीय नम्बर प्लेटको भ्यान र को २९ प ३७१२ नंको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । घाइते २७ वर्षीय प्रेमलाल चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:३९
Weather Update