News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा नेता होइन कर्मचारी नै मुख्य दोषी : वामदेव गौतम 

काठमाडौं—  राष्ट्रिय सभा सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । 

काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले सुन तस्करीमा नेताहरू संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दाबी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरूको नाम जोड्न गरिएको छ गुनासो पनि गरे । 

उनले भने, ‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरू मार्दै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नता हुन्छ त ? हरेक दलका नेताहरू त्यहाँ उपस्थित भएका छन् ? कर्मचारीमात्रै उपस्थित छन् । राजनीतिक संलग्नता भएको भए उनीहरूले भन्लान् नि ।’ उनले थपे, ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरू छन्, त्यस्तो भयो भनेमात्रै मन्त्री, प्रधानमन्त्री पनि कोको हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरू नै मुख्य रूपमा दोषी हुन्छन् ।’ 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:१९
Weather Update