कोशीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान शुक्रबार, साउन १२, २०८०

कानुन व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, साउन १२, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही दिनअघि नै पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका छन् ।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा शुक्रबार, साउन १२, २०८० शुक्रबार प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सभापति देउवाले भने, ‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।

एक जना सांसद अनुपस्थित हुँदा संसदीय समितिको बैठक बस्न सकेन शुक्रबार, साउन १२, २०८० शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित...

१४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ शुक्रबार, साउन १२, २०८० पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका— ११ का २३ वर्षीय बिनोद वली छन् । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले बिहीबार बिहान पक्राउ हो । वलीले पीडितलाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पक्राउ शुक्रबार, साउन १२, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको परिसर प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।उनीविरुद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।
तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य शुक्रबार, साउन १२, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख १२ हजार ५०...
राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलत : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, साउन १२, २०८० स्पष्टीकरणको मौका नदिकन राजीनामा नदिए संसद् चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको उनको भनाई छ । उनले भने, ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन, स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनौँ भनेर...
मेरो भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री शुक्रबार, साउन १२, २०८० नेपाल सरकार र डब्लु एफ पि को सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाख भन्दा बालबालीका लाभान्वित भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । प्रचण्डले यो तथ्यलाई आत्मासाथ गर्दै शिक्षा क्षेत्रको सम्पूर्ण बजेटको ६ प्रतिशत ‘फुड सिस्टम समिट प्लस टु’ कार्यक्रमका लागि छुट्टाइएको बताएका छन् । रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी...

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड शुक्रबार, साउन १२, २०८० प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।साउन ६ गते इटाली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित...

तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टिम शुक्रबार, साउन १२, २०८० एसिया कपको तयारीमा श्रीलङ्कामा रहेको नेपाली क्रिकेटले आज (शुक्रबार) दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान १० बजे श्रीलङ्काको पि सारा ओभल मैदानमा खेल्नेछन् ।
नेपाल रेडक्रसका विसङ्गति हटाउनु पर्छ ; मन्त्री बस्नेत शुक्रबार, साउन १२, २०८० ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले देशमा आउने विभिन्न सङ्कटमा रेडक्रसले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । ‘देशमा समस्या परेको समयमा रेडक्रस जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ ।

राष्ट्रपति पौडेलले गरे पाटन दरबार क्षेत्रको अवलोकन शुक्रबार, साउन १२, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।








