News Griha :: न्यूजगृह
एक जना सांसद अनुपस्थित हुँदा संसदीय समितिको बैठक बस्न सकेन
फाइल तस्बिर ।

काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा  १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:४६
Weather Update