News Griha :: न्यूजगृह
तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य  

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन तोलाको एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:२०
Weather Update