News Griha :: न्यूजगृह
तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टिम

काठमाडौं—  एसिया कपको तयारीमा श्रीलङ्कामा रहेको नेपाली क्रिकेटले आज (शुक्रबार) दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान १० बजे श्रीलङ्काको पि सारा ओभल मैदानमा खेल्नेछन् ।

श्रीलङ्काको ब्लूमफिल्ड क्रिकेट क्लबसँग पहिलो अभ्यास खेल खेलेको नेपाली टोली ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा नेपाल १ सय ९७ रनमा अल आउट भएको थियो । 

सन्दीप जोरा, देव खनाल, पवन सरार्फसहितलाई खेलाएको नेपालले कुशल भुर्तेल, राहित पौडेल, आसिफ शेख, आरिफ शेख र भीम सार्कीलाई खेलाएको थिएन । उक्त खेलमा अर्जुन साउदले सर्वाधिक ७९ रन बनाएका थिए । नेपालले श्रीलङ्कामा थप दुई अभ्यास खेल खेल्नेछ । 

रोहित पौडेलको कप्तानीमा एसिया कपको तयारीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ, ज्ञानेन्द्र मल्ल, आरिफ शेख र करण केसी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:२९
Weather Update