सप्तरीमा एक युवकको हत्या शुक्रबार, साउन १२, २०८०

कोशी सरकारविरुद्ध सर्वोच्चको परमादेशपछि बाबुरामको टिप्पणी- संविधानको ठाडो उल्लङ्घनलाई अदालतले सच्यायो शुक्रबार, साउन १२, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको ठाडो उल्लंघन गरी केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर कोशी प्रदेश सरकार गठन गरेकोमा सर्वोच्च अदालतले सच्याएको टिप्पणी गरेका छन् ।

सङ्कटमा कोशी प्रदेश : नयाँ सरकार गठनका विकल्प के—के छन् ? शुक्रबार, साउन १२, २०८० नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू सम्मिलित वर्तमान गठबन्धनबाट नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन आवश्यक पर्नेछ । तर, अहिलेको अवस्थामा कांग्रेस नेतृत्व प्रदेश सरकारमा राप्रपा सहभागि हुने देखिँदैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको झापा केन्द्रित राजनीतिले पनि कोशी सरकार गठनमा थप जटिलता...

रामेछापमा लम्पी स्किन रोगबाट ३८१ चौपाया मरे,२१ हजार संक्रमित शुक्रबार, साउन १२, २०८० रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् ।

काठमाडौंका सामुदायिक विद्यालयको परीक्षा नतिजामा सुधार, बालेन के भन्छन् ? शुक्रबार, साउन १२, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विगतका वर्षमाभन्दा यसवर्ष सामुदायिक विद्यालयको एसईई परीक्षा नतिजामा सुधार आएको बताएका छन् । उनले शुक्रबार तथ्यांकसमेत सार्वजनिक गर्दै नतिजन सुधारका कारण बताएका छन् ।

सेती नदीमा डुबेर बालक बेपत्ता शुक्रबार, साउन १२, २०८० डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

गोलभेँडाको मूल्य वृद्धि शुक्रबार, साउन १२, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ ।

आज ५८औं रक्तसञ्चार दिवस मनाइँदै शुक्रबार, साउन १२, २०८० देशभर आज ५८औं रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।

बैतडीमा जीप दुर्घटना, चालक र सहचालक घाइते शुक्रबार, साउन १२, २०८० बैतडीमा जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

के हो हेपाटाइटिस, कसरी बच्ने ? शुक्रबार, साउन १२, २०८० हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो ।

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कंदै शुक्रबार, साउन १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कंदै छन् ।

कस्तो रहला आज मौसम ? शुक्रबार, साउन १२, २०८० हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
![यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/money qatari1690505698.jpeg)
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शुक्रबार, साउन १२, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।









