News Griha :: न्यूजगृह
बैतडीमा जीप दुर्घटना, चालक र सहचालक घाइते 

काठमाडौं— बैतडीमा जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका—३ श्रीकोटस्थित तारलमा जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०७:३०
Weather Update