News Griha :: न्यूजगृह
कस्तो रहला आज मौसम ?

काठमाडौं— हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताउँदै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

कोशी,बाग्मती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:४६
Weather Update