News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कंदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कंदै छन् ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन सात दिनअघि गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कंन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल बिहान १०:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई  सम्बोधन गरेका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी शेख हसिना,संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन,विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्तासमेत भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:५६
Weather Update