सेती नदीमा डुबेर बालक बेपत्ता

दिपायल— डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए ।
उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ । बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवै जना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० ०८:१०