News Griha :: न्यूजगृह
सप्तरीमा एक युवकको हत्या 

काठमाडौं— सप्तरीमा एक युवकको हत्या भएको छ ।  

हनुमाननगर कंकालिनी नगरपालिका— १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव शुक्रबार बिहान घर नजिकै फेला परेको हो । स्थानीय अर्का एक युवक घाइते छन् । अजय मण्डल नामका अर्का युवा घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार स्थानीयले बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०९:४४
Weather Update