News Griha :: न्यूजगृह
मेरो भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषकलाई प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँच पुर्‍याउनु पर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको इटालीमा भएको खाद्य सम्मेलनमा सहभागि भएर शुक्रबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री दाहाल त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

'विश्वव्यापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि विशेष गरि साना कृषकहरूका लागि प्रविधि र मल, बजार पुँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको छु । मेरो भ्रमण पूर्णरुपमा सफल भएको छ,' प्रधानमन्त्री प्रचण्डले भने । 

नेपाल सरकार र डब्लु एफ पि को सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाख भन्दा बालबालीका लाभान्वित भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । प्रचण्डले यो तथ्यलाई आत्मासाथ गर्दै शिक्षा क्षेत्रको सम्पूर्ण बजेटको ६ प्रतिशत ‘फुड सिस्टम समिट प्लस टु’ कार्यक्रमका लागि छुट्टाइएको बताएका छन् । रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:५७
Weather Update