१४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

दाङ— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका— ११ का २३ वर्षीय बिनोद वली छन् । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले बिहीबार बिहान पक्राउ हो ।
वलीले पीडितलाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १२:१९