मनोहरा नदीको जलसतह बढ्याे, उच्च सतर्कता अपनाऔँ : बाढी पूर्वानुमान महाशाखा मंगलबार, साउन २३, २०८०

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध, यात्रु अलपत्र मंगलबार, साउन २३, २०८० बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।

भीमदत्त राजमार्ग अवरुद्ध,पहिरो पन्छ्याउने काम जारी मंगलबार, साउन २३, २०८० कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

पहिरोले कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध मंगलबार, साउन २३, २०८० मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

काठमाडौंका यी नदीमा बाढी, सतर्कता अपनाउन आग्रह मंगलबार, साउन २३, २०८० बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानिलकण्ठ,सुन्दरीजल,नगरकोट र आसपास भारी वर्षा भएको जनाएको छ ।

आज दिनभर भारी वर्षाको पूर्वानुमान मंगलबार, साउन २३, २०८०

ज्येष्ठ नागरिकले पाएनन् यातायात र स्वास्थ्योपचारमा छुट मंगलबार, साउन २३, २०८० ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध मंगलबार, साउन २३, २०८० नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ? मंगलबार, साउन २३, २०८० नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, हेर्नुहोस् कार्यसूची मंगलबार, साउन २३, २०८० सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको छ ।
भारी वर्षाका कारण बाग्मती नदीले खतरा तह पार गर्यो मंगलबार, साउन २३, २०८०

संसद् अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै मंगलबार, साउन २३, २०८० एमालेले सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।एमालेको मागमा सरकार सहमत भएको छैन । सरकारले उच्चस्तरीय छानबिन समिति अनावश्यक भएको बताएको छ ।

नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप मंगलबार, साउन २३, २०८० नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।









