नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप

काठमाडौं— नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा साेमबार सात सय १० सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसंघमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले वि.सं. २०७८ चैत ९ गते नेविसंघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ०६:०८













