News Griha :: न्यूजगृह
मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ? 

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा पुगेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसा रहेको जनाएकाे छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०६:४०
Weather Update