भारी वर्षाका कारण बाग्मती नदीले खतरा तह पार गर्यो
काठमाडौं— बाग्मती नदीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले जलसतह खतरा तह पार गरेको बताउँदै बढ्दो क्रममा पनि रहेको जनाएको छ ।
महाशाखाले रौतहट र सर्लाहीका बाग्मती नदी तटिय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
देशभर अहिले भारी वर्षा जारी छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ०६:२५













