News Griha :: न्यूजगृह
काठमाडौंका यी नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं— बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानिलकण्ठ,सुन्दरीजल,नगरकोट र आसपास भारी वर्षा भएको जनाएको छ । 

भारी वर्षाका कारण विष्णुमती,धोविखोला,मनोहरालगायतका नदीमा जलसतह बढेको महाशाखाले मंगलबार जनाएको छ ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०७:२५
Weather Update