News Griha :: न्यूजगृह
मनोहरा नदीको जलसतह बढ्याे, उच्च सतर्कता अपनाऔँ : बाढी पूर्वानुमान महाशाखा

काठमाडौं— बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरको सिमानामा रहेको मनोहरा नदीको जलसतह बढेको जनाएको छ ।

मंगलबार बिहान ७:३० बजे मनोहरा बालकुमारीको जलसतह बढेको महाशाखाले जानकारी दिएको छ ।

‘हाल काठमाडौं उपत्यकाको बाग्मती,विष्णुमती,धोविखोला,मनोहरालगायतमा जलसतह बढ्दो छ र खतरा तह पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:०६
Weather Update