सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु शुक्रबार, भदौ १५, २०८०

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल, बौद्धमा रोपाइँ जात्राको तयारी शुक्रबार, भदौ १५, २०८० गाईजात्राको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिन देखि सुरु भएकाले शुक्रबार पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ ।संघीय राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरूपमा मनाउने गरिएको...

बहराइनसँगको खेलमा नेपालले टस हार्यो, फिल्डिङ गर्ने शुक्रबार, भदौ १५, २०८० मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा नेपाल छ । बिहीबार भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? शुक्रबार, भदौ १५, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

६० र ९ किलो सुन तस्करी प्रकरणमा राहुलको ‘कनेक्सन’ देखियो, कृष्णबहादुर महरालाई भने उन्मुक्ति ? शुक्रबार, भदौ १५, २०८० मोटरसाइकलको ‘ब्रेक शु’ मा लुकाएर तस्करी गरिएको ६० केजी सुन तस्करी प्रकरण र सोही प्रकृतिको विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्राइएको ९ केजी सुन प्रकरणको‘कनेक्सन’ देखिएको छ । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यी दुई घटनालाई छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । ९ केजी सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले...

कोशी प्रदेश सरकारसम्बन्धी रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा शुक्रबार, भदौ १५, २०८० कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ ।थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ । कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६...
परराष्ट्रमन्त्री साउद भन्छन्— सबै नागरिक सांस्कृतिक एवं भाषिकरूपमा जोडिन आवश्यक छ शुक्रबार, भदौ १५, २०८० शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताए ।

तातोपानी नाका सर्वसाधारणका लागि पनि खुला शुक्रबार, भदौ १५, २०८० तातोपानी नाका सर्वसाधारणका लागि खुला गरिएको छ । शुक्रबारबाट तातोपानी नाकामा सर्वसाधारणले आवतजावत गर्न पाउने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश न्यौपानेले जानकारी दिए ।

पर्वतको राम्जादेउरालीमा चितुवा मृत फेला शुक्रबार, भदौ १५, २०८० पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा शुक्रबार चितुवा मृत फेला परेको हो ।

चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा शुक्रबार, भदौ १५, २०८० सांस्कृतिक पर्व गाईजात्रासँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसरमा चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।

इलामका युवा व्यावसायिक चौँरीपालनमा शुक्रबार, भदौ १५, २०८० इलामका युवा चौँरीपालन गरेर व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

म्याग्दीको गुर्जामा स्याउखेतीको परीक्षण सफल शुक्रबार, भदौ १५, २०८० म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ ।

महिला टी–२० : नेपालले बहराइनसँग खेल्दै शुक्रबार, भदौ १५, २०८० आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार नेपालले बहराइनसँग खेल्दैछ ।









