News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री साउद भन्छन्— सबै नागरिक सांस्कृतिक एवं भाषिकरूपमा जोडिन आवश्यक छ   

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताए । 

‘काठमाडौंको संस्कृति भएन भने बनारस अधुरो हुन्छ । बनारसलाईकाठमाडौंसँग जोड्न सकेनौँ भने काठमाडौंका संस्कृति अधुरो हुन्छ । हामी सबै जना सांस्कृतिक एवं भाषागत रुपमा एकअर्कासँग जोडिएका छौं,’ उनले भने ।

नेपाललाई केन्द्र बनाएर महोत्सवको आयोजना गरिएकोमा आयोजक सबैलाई आभार प्रकट गर्दै मन्त्री साउदले कलिङ साहित्य महोत्सवलाई जनतासम्म पुर्‍याउन सके सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:५७
Weather Update