तातोपानी नाका सर्वसाधारणका लागि पनि खुला

काठमाडौं— तातोपानी नाका सर्वसाधारणका लागि खुला गरिएको छ । शुक्रबारबाट तातोपानी नाकामा सर्वसाधारणले आवतजावत गर्न पाउने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश न्यौपानेले जानकारी दिए ।
चिनियाँ र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका शुक्रबारदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएअनुसार नाका खुलाइएको हो ।
सिडिओ न्यौपानेको भनाइमा दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन् । २०७२ सालको महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा ३ महिनाअघिबाट मालवाहक सवारीको आवातजावत खुलेको थियो । मानिसकाे आवतजावत भने खुल्न सकेको थिएन ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १०:२९