News Griha :: न्यूजगृह
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु

काठमाडौं— सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा छन् । गत भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार शर्मालाई संसदीय सुनुवाइका लागि न्याय परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।  

१० दिन भित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रस्तावित न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:३१
Weather Update