घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?
काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० ११:४८