सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड शुक्रबार, भदौ १५, २०८०
सरकारको ढाँटछलप्रति विद्यालय कर्मचारी आजित, प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रश्न शुक्रबार, भदौ १५, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीसँग समय समय गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोशित भएका छन् ।

परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता शुक्रबार, भदौ १५, २०८० परराष्ट्र मन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

चीन भ्रमणमा प्रधानमन्त्रीले चुच्चे नक्साको विषय उठाउने प्रवक्ता सापकोटाको दाबी शुक्रबार, भदौ १५, २०८० नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको समयमा उठाउने बताएका छन् ।पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् ।

पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक छ : माओवादी प्रवक्ता शुक्रबार, भदौ १५, २०८० नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक भएको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले कम्युनिष्ट पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताको घरघरमा जाने बताएका हुन् ।

जुम्लाका किसान स्याउ टिप्न व्यस्त शुक्रबार, भदौ १५, २०८० जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्वता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिए ।

अमेरिकी सिनेटर होलेन काठमाडौंमा शुक्रबार, भदौ १५, २०८० काठमाडौंस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ।

युनाइटेड सिमेन्टको बदमासी : पीडितको उपचार गर्न मान्दैन, गरे पनि रिपोर्ट लुकाउँछ शुक्रबार, भदौ १५, २०८० धादिङको धुनीबेँसी नगरपालिका– ९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरि फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ ।...

माओवादीको विशेष रूपान्तरण अभियान शनिबारदेखि, कहाँ जाँदैछन् प्रचण्ड? शुक्रबार, भदौ १५, २०८० प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार अपराह्न १ बजे चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ । मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’...

राष्ट्रसङ्घविरोधी प्रदर्शनमा कङ्गोमा ४३ जनाको मृत्यु शुक्रबार, भदौ १५, २०८० कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदाय माथि आक्रमण गरेको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा प्रहरीसहित ४३ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेतासहित...

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित शुक्रबार, भदौ १५, २०८० कोशी सरकारविरुद्धको सुनुवाइ स्थगित भएको छ ।शुक्रबार यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।

बहराइनमाथि नेपालको शानदार जित शुक्रबार, भदौ १५, २०८० मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको हो । महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित...

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ शुक्रबार, भदौ १५, २०८० त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’









