News Griha :: न्यूजगृह
न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं—  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले शुक्रबार गरेको अभिनन्दन कार्यक्रममा उनले भने, ‘न्यायपालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।’  

त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’

डोटीमा जन्मिएका श्रेष्ठ गत भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:५०
Weather Update