News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको समयमा उठाउने बताएका छन् ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा कुरा उठाउने बताएका छन् ।

Prabhu Bank

‘धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी भएपछि बुझ्दा त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको छ भन्ने छ,’ सापकोटाले भने, ‘हाम्रो पार्टीको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस विषयमा पनि कुराकानी हुन्छ ।’ 

सापकोटाले चुच्चे नक्साको विषयमा सरकार पनि प्रष्ट हुनुपर्ने र जनतालाई पनि प्रष्ट पार्दै लैजानुपर्ने बताएका थिए । प्रधानमन्त्री दाहाल असोजको पहिलो साता चीन भ्रमणमा जाँदै छन् । 

गत मंगलबार चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

तर छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले नेपालको पुरानै नक्सा राखेपछि यसको आलोचना हुँदैआएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:५०
राजनीति
विशेष
Weather Update