News Griha :: न्यूजगृह
राष्ट्रसङ्घविरोधी प्रदर्शनमा कङ्गोमा ४३ जनाको मृत्यु

काठमाडौं— कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । 

कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा प्रहरीसहित ४३ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले दाबी गरेका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लडाकुको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासतसमेत हो ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:४२
Weather Update