News Griha :: न्यूजगृह
बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो, फिल्डिङ गर्ने

काठमाडौं— आईसीसी महिला टी– २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । 

मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा नेपाल छ । बिहीबार भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान रुविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:०१
Weather Update