News Griha :: न्यूजगृह
नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।नेम्वाङको मंगलबार बिहान निधन भएको छ ।
विवाद निरुपण गर्ने नेम्वाङको शैली अनुशरणयोग्य : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
विवाद निरुपण गर्ने नेम्वाङको शैली अनुशरणयोग्य : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले नेम्वाङले संविधान सभामा खेलेको भूमिकालाई मुलुकले सधैँ स्मरण गरिरहने बताए ।
प्रजातन्त्र सेनानी नेपालको निधन
प्रजातन्त्र सेनानी नेपालको निधन २००७ सालको क्रान्तिका योद्धा प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको सोमबार राति निधन भएको छ । नवलपरासीको मध्यबिन्दु नगरपालिका– ३ लेडाहा निवासी नेपाल ८७ वर्षका थिए । नेपाल २०३० सालदेखि ०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।  सचिवालय बैठक बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 
बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका छोरा
बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका छोरा १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए। नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौं मै छन् । एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालय च्यासलमा राखिने छ।
समाजवादी मोर्चाको सुदूरपश्चिम सन्देश सभा स्थगित
समाजवादी मोर्चाको सुदूरपश्चिम सन्देश सभा स्थगित सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।
नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध
नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको...
भोलिसम्म पानी पर्ने, पश्चिममा भन्दा पूर्वमा धेरै
भोलिसम्म पानी पर्ने, पश्चिममा भन्दा पूर्वमा धेरै उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। यो क्रम भोलिसम्म चल्ने छ । 
सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु
सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको जीपले ठक्कर दिएको थियो ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापतिसमेत भए ।  नेम्वाङ २०६२/६३ को जनआन्दोलनसँगै पुनःस्थापित संसद्का सभामुख भए । २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष भएका थिए नेम्वाङ । संविधान सभाबाट संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । चारपटक सभामुख...
बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार? 
बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार?  जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४२ रुपैयाँ २४ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । 
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पटकपटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । 
Weather Update