News Griha :: न्यूजगृह
प्रजातन्त्र सेनानी नेपालको निधन

काठमाडौं— २००७ सालको क्रान्तिका योद्धा प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको सोमबार राति निधन भएको छ ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका– ३ लेडाहा निवासी नेपाल ८७ वर्षका थिए । नेपाल २०३० सालदेखि ०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।

उनी कांग्रेसको संस्थापक जिल्ला सभापति हुन् । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटकपटक जेल सजाय भोगेका नेपाल निष्ठावान् राजनीतिज्ञ भनेर परिचित थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:१०
Weather Update