News Griha :: न्यूजगृह
भोलिसम्म पानी पर्ने, पश्चिममा भन्दा पूर्वमा धेरै

काठमाडौं— उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ।

आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। यो क्रम भोलिसम्म चल्ने छ । 

मौसमविद् अधिकारीका अनुसार पश्चिममा भन्दा पूर्वमा धेरै वर्षा हुनेछ। काठमाडौं उपत्यकामा भने बिहान १०–११ बजेपछि वर्षा रोकिने र दिउँसो फेरि बदली र वर्षा हुने मौसमविद् अधिकारीले बताए।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जनचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:१६
Weather Update