सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी

काठमाडौं । सरकारले तत्कालीन संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।
मंगलबार बिहान मृत्यु भएका नेम्वाङको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् ।
केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मान दिने तयारी रहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०९:४६













