यस्तो छ आजको मौसम पूर्वानुमान मंगलबार, भदौ २६, २०८०

मंगलबार तपाईंको राशिफल हेर्नुस् मंगलबार, भदौ २६, २०८० भदौ २६ गते मंगलबार । भदौ कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग शिव गर अश्लेषा ।

६१ किलो सुन प्रकरणको अनुसन्धान टुंगियो, तीन कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष मंगलबार, भदौ २६, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'ब्रेक शु'को आवरणमा लुकाई भन्सार जाँचपास पछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर सङ्गठित अपराध, राजश्व भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने...

सुवास नेम्वाङको निधनमा एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा दुःख व्यक्त मंगलबार, भदौ २६, २०८० एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मियो ढल्यो, अभिभावक गुमायौँ : सचेतक बर्तौला मंगलबार, भदौ २६, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपाध्यक्ष अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ प्रतिक्रिया दिएका छन्।‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौँ’, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू।

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २५ सय पुग्यो मंगलबार, भदौ २६, २०८० अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ ।

सुवास नेम्वाङको निधन : प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा मंगलबार, भदौ २६, २०८० संविधान लेखनमा अतुलनीय योगदान पुर्याएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शिक्षण अस्पताल पुगेका हुन् । कुशल राजनीतिज्ञ सुवास नेम्वाङको...

एसिया कप : भारतसँग पाकिस्तानको लज्जास्पद हार मंगलबार, भदौ २६, २०८० एसिया कपमा भारतले पाकिस्तानलाई ठूलो रन अन्तरले पराजित गरेको छ। वर्षाका कारण आइतबार रोकिएर सोमबार पुनः सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याएको पाकिस्तान १२८ रनमा समेटियो। पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक रह्यो ।

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : शेरबहादुर देउवा मंगलबार, भदौ २६, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।मंगलबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल मंगलबार, भदौ २६, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका हुन् ।

सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड मंगलबार, भदौ २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।

नेम्वाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने मंगलबार, भदौ २६, २०८० नेकपा एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन मंगलबार, भदौ २६, २०८० नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । मंगलबार बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका हुन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी...









