
काठमाडौं— एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङप्रतिश्रद्धाञ्जली प्रकट गरेका छन् ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
संविधान सभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने छ ।
मंगलबार बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका हुन् । ।
उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् ।













