नेम्वाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेम्बाङको मंगलबार बिहान निधन भएको थियो । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।
नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०६:११













