News Griha :: न्यूजगृह
मियो ढल्यो, अभिभावक गुमायौँ : सचेतक बर्तौला

काठमाडौं—  नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपाध्यक्ष अध्यक्ष सुवास नेम्वाङको निधनसँगै  ‘मियो ढलेको’ प्रतिक्रिया दिएका छन्।

 ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौँ’, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू।

नेम्बाङको मंगलबार बिहान निधन भएको थियो । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । बालुवाटारस्थित निवास मै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:५९
Weather Update