News Griha :: न्यूजगृह
नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै सामाजिक सञ्जाल एक्समा लेख्दै  राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका हुन् ।  

'दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’,' उनले भनेका छन् । 

नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । बुधबारसम्म श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:२२
Weather Update