श्रद्धाञ्जली
सुवास नेम्वाङको निधन : प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा

काठमाडौं— संविधान लेखनमा अतुलनीय योगदान पुर्याएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शिक्षण अस्पताल पुगेका हुन् । कुशल राजनीतिज्ञ सुवास नेम्वाङको हृदयघातबाट मंगलबार बिहान निधन भएको हो ।
नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि (बुधबार) सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०६:४४













